केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने एमालेकाे निर्णय

हिमशिखर संवाददाता ११ भाद्र २०७९, शनिबार १७:२५

नेकपा एमालेले आगामी निर्वाचनमा पार्टीको तर्फबाट अध्यक्ष केपी शर्माओलीलाई प्रधानमन्त्रीको एकल उम्मेदवारका रुपमा अघि सार्ने भएको छ ।

केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने निर्णय भएको केन्द्रीय सदस्य ऐन महरले जानकारी दिए ।

बैठकमा उपमहासचिव प्रदिप ज्ञवालीले प्रस्तावहरु सुनाउँदै अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेका हुन् । सो निर्णय सर्वसम्मत रुपमा पारित भएको महरले बताए ।

यस्तै बैठकले उम्मेदवार सिफारिसका लागि आवश्यक मापदण्डहरु सहित जिल्ला र क्षेत्रीय कमिटीहरुलाई सर्कुलर गर्ने निर्णय समेत गरेको छ । ज्ञवालीले ओलीलाई प्रधानमन्त्रीको भावी उम्मेदवारका रुपमा प्रस्तुत गर्दा हलमा दुई मिनेटसम्म ताली बजेको थियो ।

 

Next Post

कर्णाली प्रदेशका दुईजना मन्त्रीले दिए राजीनामा

११ भाद्र २०७९, शनिबार १७:२५
कर्णाली प्रदेशका दुईजना मन्त्रीले आज राजीनामा दिएका छन्। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले राजीनामा दिएका हुन्। शुक्रबार बसेको माओवादी केन्द्रकाे संसदीय दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाएकाे थियो। मन्त्री विष्ट र सिंहको […]