डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका चार जनामध्ये तीन सैनिकको ज्यान गयो

हिमशिखर संवाददाता २८ चैत्र २०८०, बुधबार ०८:११

डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा जुम्लाको तातोपानी गाउँपालिका–४ घरभई देवीदत्त गण दुनैमा कार्यरत २८ वर्षीय सैनिक जवान हेमन्त रावल, काभ्रे घर भएका ३८ वर्षीय जमदार केशवबहादुर मगर र हुम्ला घर भएका २३ वर्षीय आशिस बुढा रहेका नेपाली सेनाले जनाएको छ ।

रावलको उपचारको क्रममा अस्ति बेलुका जिल्ला अस्पताल डोल्पामा ज्यान गएको थियो भने जमदार मगर र बुढाको उपचारको क्रममा काठमाण्डौको कीर्तिपुरमा रहेको जलन अस्पतालमा हिजो ज्यान गएको हो । घाइते ३० वर्षीय प्युठ विजय कोइरालाको कीर्तिपुरकै जलन उपचार अस्पतालमा उपचार भैरहेको छ ।

सोमवार डढेलो निभाउनेक्रममा वरिपरिबाट हावाको बेगसँगै आगो आएपछि खोल्सामा रहेका उनीहरु जलेर घाइते भएका थिए ।

Next Post

दीपेन्द्रको विस्फोटक ब्याटिङमा कतारलाई २११ रनको लक्ष्य

२८ चैत्र २०८०, बुधबार ०८:११
एसिसी प्रमियर कपमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ। दीपेन्द्र सिंह ऐरीको विस्फोटक ब्याटिङमा नेपालले सात विकेट गुमाएर २१० रन जोडेको हो। ओमानको अल अमेरात मैदानमा दीपेन्द्र र आसिफ सेखले अर्धशतक बनाए। २१ बल खेलेका दीपेन्द्रले तीन चौका र सात छक्काको मद्दतले सर्वाधिक ६४ रन बनाए। अन्तिम ओभरको सबै बलमा […]