लमजुङमा ओलीपक्षद्वारा नेकपा पार्टी कार्यालयमा तालाबन्दी

हिमशिखर संवाददाता ६ पुष २०७७, सोमबार २२:१४

लमजुङ : नेकपाका अध्यक्ष केपी शर्मा ओलीनिकट राष्ट्रिय युवा संघ र विद्यार्थी संगठनका नेता कार्यकर्ताले लमजुङको बेंसीसहरस्थित पार्टी कार्यालय (मदन–आश्रित स्मृति भवन) को अध्यक्ष र सचिवको कार्यकक्षमा ताला लगाएका छन् ।

नेकपाले एकीकरण गर्दा तत्कालीन माओवादी नेतृ मधुमाया अधिकारीलाई अध्यक्ष र एमाले नेता धनञ्जय दवाडीलाई सचिव बनाएको थियो । ओलीनिकट युवा संघ र विद्यार्थीले एमालेले बनाएको भवनमा बस्न नपाइने भन्दै सोमबार दिउँसो कार्यकक्षमा बसिरहेकी अध्यक्ष अधिकारीलाई बाहिर निस्कन लगाएर ताला लगाएका थिए । ‘घेराबन्दी गरेर आफ्नै प्रधानमन्त्री र आफ्नै अध्यक्षलाई असफल बनाउन खोज्नेहरु कार्यालयमा बस्न आवश्यक छैन । एमालेले बनाएको भवनमा बसेर केपी ओलीको विरोध गर्न पाइँदैन, दिइँदैन,’ ताला लगाउँदै राष्ट्रिय युवा संघका संयोजक ऋषि बस्नेतले भने ।

ओली निकट युवाले अध्यक्षको कार्यकक्षसँगै नजिकै रहेको सचिवको कार्यकक्षमा पनि ताला लगाएका छन् । ओली निकट मानिने सचिव दवाडीको कार्यकक्षमा भने ‘मेसो मिलाएर’ लगाएको उनीहरुले बताएका छन् । अध्यक्ष अधिकारीले आफूलाई २ घण्टा कार्यकक्षमा थुनेको बताइन् । युवा र विद्यार्थीले भने अध्यक्षलाई नथुनेको बरु बाहिर आउन आग्रह गरेर ताला लगाएको बताएका छन् । ओली निकट युवा र विद्यार्थी अध्यक्ष र सचिवको कार्यकक्षमा ताला लगाएर नाराबाजी गर्दै बजार परिक्रमा गरेका थिए ।

Next Post

अफगानिस्तानमा ७४ जना तालिवान विद्रोहीको मृत्यु

६ पुष २०७७, सोमबार २२:१४
काबुल: अफगानिस्तानको कान्दाहारमा सरकारी सुरक्षा फौजले गरेको आक्रमणमा कम्तीमा ७४ जना तालिवान विद्रोहीको मृत्यु भएको छ । कान्दाहार तालिवान विद्रोहीको आधार क्षेत्र मानिन्छ । अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार केही विद्रोही घाइते छन् । ‘कान्दाहारको झेरिया, दाद, पञ्ज्वाव र अर्गान्दाब जिल्लाहरूमा विगत २४ घण्टामा गरिएका कारबाहीमा ७४ तालिवान लडाकुको मृत्यु भएको छ,’ रक्षा […]

सम्बन्धित समाचार