नेपाल यू- १९ महिला विश्‍वकपमा छनोट

हिमशिखर संवाददाता २८ कार्तिक २०८१, बुधबार १८:३१

नेपाल आगामी वर्ष मलेसियमा हुने आइसीसी यू- १९ टी- २० क्रिकेट विश्वकपमा छनोट भएको छ।

बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यू- १९ महिला विश्वकपमा छनोट भएको हो।

खेलमा युएईले दिएकाे ८४ रनकाे लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्याे। जितमा नेपालकी साना प्रविनले ३१, कप्तान पूजा महताेले २१ र साेनी पख्रिनले १३ रन प्रहार गरिन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन प्रहार गरेकाे थियाे।

राउण्ड राेविनमा सञ्चालन भएकाे खेलमा समान ६-६ खेलमा नेपाल र युएईले समान १०-१० अंक बटुलेका थिए। जसमा नेपाल रनरेटका आधारमा विश्वकपमा छनाेट हुन सफल भयाे।

Next Post

बि एन अस्पताल नेपालगन्जको प्राविधिक सहयोग मासिंजा मा कानको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

२८ कार्तिक २०८१, बुधबार १८:३१
सिंजा गाउँपालिकामा बी एन अस्पताल नेपालगन्जको प्राविधिक सहयोग र गुड न्युज फर नेपालसँगको सहकार्यमा निःशुल्क कान स्वास्थ्य शिविर सम्पन्न भएको छ। सिंजामा स्वास्थ्य सेवा सुधारका लागि आयोजित यस शिविरमा कुल २५९ जनाले सेवा प्राप्त गरेका छन्। स्वास्थ्य संयोजक ललित रोकायाका अनुसार, १३६ पुरुष र १२३ महिला सहभागी भएका थिए। यस […]