जुम्ला जात्राअघि सरसफाइ

महेश चाैलागाँई २३ श्रावण २०८२, शुक्रबार १४:२६

जुम्लाको सदरमुकाम, बिहानको चिसो हाव  स्याउको सुगन्धसँगै, यो वर्षको ठूलो जात्राको तयारीमा व्यस्त देखिन्छ। कर्णालीकै पुरानो र प्रसिद्ध जात्रालाई स्वागत गर्न बजार क्षेत्र असामान्य चहलपहलमा छ। तर, यसपटक चहलपहलसँगै अर्को दृश्यले पनि ध्यान खिचेको छ झाडू बोकेका सेना, प्रहरी, स्थानीय बासिन्दा र समाजसेवीहरू एकैपटक सडक सफा गर्दै।

जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यको ले “यो जात्रा हाम्रो सांस्कृतिक परिचय मात्र होइन, यो पर्यटकको आँखामा जुम्लाको पहिचान हो।” त्यसैले टुडिखेलदेखि बसपार्कसम्म, कालेखोलीदेखि चन्दननाथ मन्दिरसम्म, सडक, चोक, मठमन्दिर, नाली—सबै सफाइको लहरमा बगेका छन्।

प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा भने अझै गहिरो कुरा जोडेका छन फोहोर डस्टबिनमै पुग्ने हो भने मात्र यो प्रयास सार्थक हुन्छ। उनीहरूको योजना सजिलो देखिए पनि गहिरो छ—घरघरमा सूचना, फोहोर छुट्याउने अभ्यास, र सडकमा सचेतनाको आवाज दिएकाे बताएका छन ।

धार्मिक पर्यटनसँग जोडिएको यो अभियानमा, सफा सडक मात्र होइन, चन्दननाथ मन्दिरको पवित्रता जोगाउने अभिप्राय छ। सुरक्षाकर्मी दिनेश सुनार मुस्कुराउँदै भन्छन्, “यो जात्रा, यो सफाइ—दुवै मिलेर यस वर्षलाई यादगार बनाउनेछन्।”

जुम्लामा केही दिनपछि सुरु हुने यो जात्रा, यसपालि केवल धार्मिक उत्सव मात्र होइन—स्वच्छता र एकताको सुगन्ध बोकेको पर्व बन्ने संकेत देखिँदैछ।

Next Post

जुम्लामा पहिलोपटक "जुम्ला आइडल" सुरु

२३ श्रावण २०८२, शुक्रबार १४:२६
नेपालको मौलिक संस्कृति, लोककला र नेपाली भाषाको उद्गम स्थल जुम्ला जिल्लामा पहिलो पटक जुम्ला आइडल सुरु हुन लागेको छ । लोक संगीत, झ्याउरे भाका, देउडा, परम्परागत नृत्य र भेषभूषाले पहिचान बोकेको जुम्लामा पहिलोपटक आइडल हुन लागेको हो । सांस्कृतिक सम्पदालाई सम्मान गर्ने हेतुले आगामी राष्ट्रियस्तरको जुम्ला IDOL-Dancing & Singing) कार्यक्रम […]