पत्रकार महेश नेपालीले जुम्लाका दुईजना पत्रकारका विरुद्ध बेइज्जती मुद्दा दायर गर्नु भएको छ । जिल्ला अदालत जुम्लामा मंगलबार पत्रकार नेपालीले पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रवहादुर शाही र महिला जागरणका अध्यक्ष दिलमाया शाहीका विरुद्ध बेइज्जती मुद्दा दायर गर्नु भएको हो ।
नेत्र बहादुर शाहीले मिति २०८० साल कार्तिक १ गते बेलुका अन्दाजि ५ः०० बजेको समयमा Netra shahi नामको Facebook id बाट नेपाल पत्रकार महासंघको लेटर हेडमा विज्ञप्ति पत्र प्रकाशित गरी महेश कुमार नेपालीको निर्देशनमा हतौडा सहित प्रयोग गरी प्रहरीको अगाडि नेपाल पत्रकार महासंघको झ्याल तोडफोड गरिएको र महासंघका कर्मचारी देवी प्रसाद सिम्खाडालाई धकलमकल गरी बाहिर पठाई दुव्र्यवहार गरिएको विषयमा शाखाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको थियो ।
महासंघले निकाले विज्ञप्ति पत्रको आधारमा मिति २०८०÷०७÷०१ गतेको साँझ महिला जागरण डट.कम नामक अनलाईनमा महेश कुमार नेपाली समेतका व्यक्तिहरुको निर्देशनमा हतौडा प्रयोग गरी प्रहरीकै अगाडि महासंघको झ्याल तोडफोड गरिएको भन्ने समाचार प्रकाशन भएको थियो ।
माथिका उक्त दुई विषयलाई जाडेर व्यक्ति मनमर्दनमा आँच आउने र चरित्र हत्या गर्न खोजिएको हुनाले मुद्दा दायर गरेको नेपालीको भनाइ छ । उहाँको संलग्नतामा उक्त कार्य भएको भनी विज्ञप्ति पत्र प्रकाशन गर्ने नेत्र बहादुर शाही र उक्त विज्ञप्तिलाई आधार मानी समाचार प्रकाशन गर्ने दिलमाया शाही (कठायत)ले कपोकल्पित व्यहोराको विज्ञप्ति पत्र र समाचार प्रकाशन गरि बेइज्जती गरेकाले मुलुकी अपराध संहिता २०७४ को भाग ३ परिच्छेद २ को दफा ३०६ (१) (२) को (क) बमोजिमको अन्याय गरेकाले जिल्ला अदालतमा मुद्दा दायर गरेको उहाँले बताउनु भयो ।
नेत्र बहादुर शाही र दिलमाया शाही (कठायत)ले मिति २०८०÷०७÷०१ गते पत्रकार प्रकाश उपाध्यायको जन्म दिन मनाउनको लागि आफु जुम्ला जिल्ला चन्दन्नाथ नगरपालिका वडा नं. ३ कर्णाली प्राविधिक शिक्षालय र जुम्ला साना जलविद्युत आयोजनाको मुहानमा रहेको खौलेनी चौरमा विहान ११ः०० बजे देखि बेलुका ६ः०० बजेको समयसम्म भोज खान गएको र आफ्नो नाम व्यक्तिगत रिसिबि साध्नका लागि जोेडि अन्याय गरेको हुनाले अदालतको ढोकासम्म पुगेको उहाँको भनाइ छ ।
नेपाल पत्रकार महासंघको कार्यालय तोडफोड गरेको भनी गलत विज्ञप्ति पत्र प्रकाशन गर्ने नेत्र बहादुर शाही र उक्त विज्ञप्तिलाई आधार मानि सामाजिक संजालमा समाचार प्रकाशन गर्ने दिलमाया शाही (कठायत) उपर उजुर गर्न मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५३ (१) देहाय (क) बमोजिम उजुर गर्ने मेरो हकदैया पुगेकोले मुलुकि अपराध संहिता, २०७४ को दफा ३०७ (१) नं. बमोजिम सजाय गरी ऐ, को दफा ३०७ (२) बमोजिम क्षेतिपूर्ति समेत भराई पाउँ भनि उजुरी दायर गरेको नेपालीले जानकारी गराउनु भयो ।
उहाँले भन्नुभयो, मेरो मान, इज्जत, प्रतिष्ठामा चोट पु¥याई व्यक्तिगत चरित्र, आचारण, नैतिकता र ख्यातीलाई होच्याउने गरी चरित्र हत्या हुने गरी प्रचारप्रसार वा प्रकाशन गरेकाले कानुन बमोजिम सजाय गरि आवश्यक क्षतिपूर्ति समेत दिलाइ न्याय पाउँ भन्नु भएको छ । साथै यस अघि पनि प्रतिवादी दिलमाया शाही (कठायत)ले पत्रकार दिपक बुढथापासँगको फोनमा मेरो बेइज्जती हुने गरि गाली बेइज्जती गरेको अडियो नासो अनलाइनमा प्रसारण भएको समाचार पनि पेश गरेको उहाँले बताउनु भयो ।
न्याय प्रशासन ऐन, २०७३ को दफा दफा ७ (१) र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को परिच्छेद ४ को दफा ४५ बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने कुरा मुद्दामा उल्लेख गरिएको छ । मुद्दा दायर गर्नु भएका नेपालीले पत्रकार बुढथापासँग फोनमा कुरा गर्दा बेइजत गरेको अडियो रेकर्ड, २०८०÷०७÷०१ गते प्रकाशन गरेको विज्ञप्ति पत्रको प्रतिलिपि र सोहि मितिमा महिला जागरण डट.कम अनलाईनमा प्रकाशन भएको समाचारको प्रतिलिपि पेश गर्नु भएको छ ।