मधेसमा मन्त्री नियुक्त विच्छालाई तत्काल फिर्ता हुन लिङदेनको निर्देशन

हिमशिखर संवाददाता २४ कार्तिक २०८२, सोमबार १०:४०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो दलबाट मधेस प्रदेश सरकारमा मन्त्री नियुक्त भएकी कञ्चन विच्छालाई तत्काल फिर्ता हुन निर्देशन दिएका छन् । सोमबार (कात्तिक २४) बिहान सामाजिक सञ्जालमा उनले मधेस सरकारमा राप्रपाको सहभागिताप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

मन्त्रीबाट तत्काल फिर्ता नभए विच्छालाई पार्टी कारबाही गर्ने उनले चेतावनी पनि दिएका छन् ।

“यो अनुशासनको गम्भीर उल्लंघन हो । राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ,” उनले लेखेका छन्, “अन्यथा विधानबमोजिम कारबाही हुने जानकारी गराउँछु ।”

सोमबारै बिहान करिब ४ बजे मधेसको मुख्यमन्त्रीमा नेकपा (एमाले)का प्रदेशसभा सदस्य सरोजकुमार यादव नियुक्त भएका छन् । राप्रपाकी विच्छासहित तीनजनाले बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका छन् ।

Next Post

सिंजा गाउँपालिकाको प्रशासकीय भवन अधुरो, सेवा प्रभावित

२४ कार्तिक २०८२, सोमबार १०:४०
सिंजा गाउँपालिका जुम्लामा मा निर्माणाधीन प्रशासकीय भवन लामो समयदेखि अधुरो रहँदा स्थानीय प्रशासनिक सेवा प्रभावित बनेको छ। गाउँपालिकाको प्रशासकीय भवन निर्माणको जिम्मा BIJAYEE RNBJ/V Sankhamule Lalitpur, Nepal नामक निर्माण कम्पनीले पाएको थियो। स्थानीय सुरेन्द्र महतका भाई नरेश महतको नाममा २०७९ साल चैत १३ गते सम्झौता गरिएको थियो। सम्झौता अनुसार, “सिंजा […]