गृहमन्त्रीको राजीनामा माग्दै सुदन गुरुङको चेतावनी– माग सम्बोधन नभए चुनाव हुन दिन्नौँ

हिमशिखर संवाददाता २० कार्तिक २०८२, बिहीबार १३:३६

‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गरेका छन्। उनले देशमा अपराधी र भ्रष्टाचारविरुद्ध कार्यवाही नगरी ‘जेनजी’ युवाहरूमाथि मात्र कारबाही गरिएको आरोप लगाएका छन्।
गुरुङले सामाजिक सञ्जालमार्फत् ‘अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश’ शीर्षकमा लेख्दै गृहमन्त्री अर्यालले तत्काल पद त्याग गर्नुपर्ने माग गरेका हुन्।
उनले लेखेका छन्, ‘सहिदको रगत सम्झनुहोस्, नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्। काम गर्न नसके पद छोड्ने वाचा सम्झनुहोस्।’ उनले भ्रष्टाचारविरुद्ध कडा कदम नचाल्ने गृह प्रशासनप्रति असन्तुष्टि जनाउँदै भनेका छन्, ‘अब दुई महिना हुन लागिसक्यो, न त कुनै हत्यारालाई पक्राउ गरिएको छ, न कुनै भ्रष्टाचारीलाई कारबाही।’
गुरुङले आफूले देशको हितका लागि आवाज उठाउँदा चरित्र हत्या र आरोपहरूको सामना गर्नुपरेको तर पनि मौन बसेको बताए। उनले भने, ‘कामले देखाउँछ र कामले बोल्छ भन्ने विश्वास थियो, तर अब तपाईंबाट आशा मरिसकेको छ।’
सुधनले युवाहरू अब मौन नबस्ने चेतावनी पनि दिएका छन्। उनका अनुसार, ‘अब यो देश बदलिन्छ, युवाहरू मूर्ख छैनन्। हामी प्रतीक्षा गर्दैछौं।’
उनले अघिल्लो आन्दोलनबारे स्पष्ट गर्दै भनेका छन्, ‘भदौ २३ र २४ गते गरिएको आन्दोलन चुनाव सार्नका लागि होइन। यदि नेपाली जनता र जेनजीको माग सम्बोधन भएन भने यसपालिको चुनाव पनि हुन दिने छैनौं।’
यस्तो छ उनले लेखेको स्टाटस–

हाम्रो अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश ‼️
तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभयो, छैन।
देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही” गर भन्ने आवाज उठ्दा “जेन्जीलाई कारबाही” गर सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो। सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्। काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्।
ओमप्रकाश अर्याल ज्यू, अब त्यो समय आएको छ किनभने अब दुई महिना हुन लागिसक्यो न त कुनै भ्रष्टाचारलाई कारबाही भो न त कुनै हतियारालाई। अहिलेसम्म के हुन्छ कि भनेर देशको हितको लागि लड्दा मैले भ्रामक समाचारद्वारा यत्रो अपमानदेखि चरित्र हत्या समेत सहेर बसे । कुनै स्पष्टीकरण पनि दिन उचित ठानिन्न किनभने मैले सोचेको थिएँ कामले देखाउँछ र कामले बोल्छ अनि नेपाली जनताले बुझ्नेछन् एकदिन,र अझै पनि देश बन्छ भने, करोडौँ अट्याकहरू सहन तयार छु तर अब तपाईंबाट आशा मरिसकेको छ।
हामी लड्यौं योग्य, इमानदार, र परिणाम देखाउने नेतृत्वका लागि। हामी भ्रष्टाचार अन्त्य र राष्ट्रको भविष्य सुरक्षित गर्न उठ्यौं। अब भीत्र मनमै सोच्नु होला—“चुनाब गराएर निक्लिन्छु, THE YOUTHS OF NEPAL ARE NOT STUPID, WE ARE WAITING.
त्यसैले चेतना होस् । चुनाबको नाटक नचलोस्। ८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन यो । नेपाली जनता र जिन्जीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन।

अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्रो भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो।
<span;>DO YOUR DAMN JOB THAT YOU HAVE BEEN SENT FOR.

जनता जागिसके। युवा जागिसके।

Next Post

स्वास्थ्य सेवाको मेरुदण्ड — रेडियोग्राफी दिवस २०२५ जुम्लामा उल्लासपूर्वक मनाइयो

२० कार्तिक २०८२, बिहीबार १३:३६
आज कर्णाली स्वास्थ्य बिज्ञान प्रतिठान कर्णाली स्वास्थ्य बिज्ञान प्रतिठान जुम्लामा विश्व रेडियोग्राफी दिवस २०२५ उत्साहका साथ मनाइएको छ। कार्यक्रममा नेपाल रेडियोलोजिकल सोसाइटी (NRS) का केन्द्रीय सदस्य श्री मकर बहादुर हमाल, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिठान का निर्देशक डा. कमल थानि, रेडियोग्राफी स्वर्णिम कन्सकार, तथा रेडियोग्राफी डेप्लेमेट मा कार्यरत सम्पूर्ण कर्मचारीहरूको उपस्थितिमा […]