स्वास्थ्य सेवाको मेरुदण्ड — रेडियोग्राफी दिवस २०२५ जुम्लामा उल्लासपूर्वक मनाइयो

महेश चाैलागाँई २२ कार्तिक २०८२, शनिबार १४:२०

आज कर्णाली स्वास्थ्य बिज्ञान प्रतिठान कर्णाली स्वास्थ्य बिज्ञान प्रतिठान जुम्लामा विश्व रेडियोग्राफी दिवस २०२५ उत्साहका साथ मनाइएको छ।

कार्यक्रममा नेपाल रेडियोलोजिकल सोसाइटी (NRS) का केन्द्रीय सदस्य श्री मकर बहादुर हमाल, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिठान का निर्देशक डा. कमल थानि, रेडियोग्राफी स्वर्णिम कन्सकार, तथा रेडियोग्राफी डेप्लेमेट मा कार्यरत सम्पूर्ण कर्मचारीहरूको उपस्थितिमा दिवस सफलतापूर्वक सम्पन्न गरिएको हो।

विश्व रेडियोग्राफी दिवस हरेक वर्ष नोभेम्बर ८ तारिखका दिन मनाइन्छ, जसले याक्सरे का आविष्कारक विल्हेल्म कन्ऱाड रेण्टगन (Wilhelm Conrad Roentgen) ले सन् १९९५ नोभेम्बर ८ मा पहिलो पटक याक्सरे किरणको खोज गरेको ऐतिहासिक क्षणलाई सम्झना गराउँछ।

रेडियोग्राफीले चिकित्सा क्षेत्रमा क्रान्ति ल्याएको छ — शरीरको भित्री संरचना हेर्ने, रोगको प्रारम्भिक निदान गर्ने, र उपचारमा सही निर्णय लिन सहयोग गर्ने विज्ञानको यो चमत्कारिक योगदानले आज स्वास्थ्य सेवाको मेरुदण्डको रूपमा कार्य गरिरहेको छ।

आजको कार्यक्रममा सहभागी सबैजना स्वास्थ्य क्षेत्रमा रेडियोग्राफीको अनुपम योगदानप्रति सम्मान व्यक्त गर्दै,
“रोग पत्ता लगाउने दृष्टि – रेडियोग्राफी हाम्रो शक्ति” भन्ने मूल नाराका साथ दिवस मनाइएको छ।

Next Post

नराकोट इलाका प्रशासन कार्यालय लामो समयदेखि बन्द, सेवाग्राही समस्यामा

२२ कार्तिक २०८२, शनिबार १४:२०
जुम्लाको इलाका प्रशासन कार्यालय नराकोट लामो समयदेखि बन्द रहेको छ। कार्यालय प्रमुख नरबहादुर बुढा लामो समयदेखि उपस्थित नभएकाले सबै प्रशासनिक सेवा ठप्प भएका हुन्। कार्यालय बन्द भएपछि नागरिकता, राष्ट्रिय परिचयपत्र, सिफारिस, मतदाता नामावली लगायतका दैनिक काम रोकिएका छन्। सेवाका लागि आएका स्थानीयले कार्यालय नखुल्दा अत्यन्तै समस्या भएको बताएका छन्। जिल्ला […]

सम्बन्धित समाचार