अफगानिस्तानमा ७४ जना तालिवान विद्रोहीको मृत्यु

हिमशिखर संवाददाता ६ पुष २०७७, सोमबार २२:२२

काबुल: अफगानिस्तानको कान्दाहारमा सरकारी सुरक्षा फौजले गरेको आक्रमणमा कम्तीमा ७४ जना तालिवान विद्रोहीको मृत्यु भएको छ ।

कान्दाहार तालिवान विद्रोहीको आधार क्षेत्र मानिन्छ । अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार केही विद्रोही घाइते छन् । ‘कान्दाहारको झेरिया, दाद, पञ्ज्वाव र अर्गान्दाब जिल्लाहरूमा विगत २४ घण्टामा गरिएका कारबाहीमा ७४ तालिवान लडाकुको मृत्यु भएको छ,’ रक्षा मन्त्रालयले ट्वीटरमार्फत जारी गरेको सूचनामा उल्लेख छ ।

आफ्नो नियन्त्रणमा रहेका भूभागमा विद्रोहीले आक्रमणको तयारी थालेको आरोप लगाउँदै सेनाले सुरु गरेको कारबाहीका क्रममा उनीहरूको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस क्रममा विद्रोही समूहबाट ठूलो संख्यामा हातहतियार तथा बन्दोबस्तीका सामान नियन्त्रणमा लिएको सुरक्षा निकायको दाबी छ ।

Next Post

कांग्रेस र समाजवादीसमक्ष प्रचण्डको ३ प्रस्ताव

६ पुष २०७७, सोमबार २२:२२
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र जनता–समाजवादी पार्टीसमक्ष तीनै पार्टीले संयुक्त रुपमा आन्दोलनमा जान प्रस्ताव गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा सोमबार भएको बैठकमा प्रचण्डले चुनाव बहिस्कार गरेर आन्दोलनमा जान प्रस्ताव गरेका हुन् । बैठकका एक सहभागीले दिएको जानकारीअनुसार, प्रचण्डले त्यहाँ तीनवटा प्रस्ताव गरेका थिए । […]

सम्बन्धित समाचार