रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतले दियो आदेश

हिमशिखर संवाददाता २ माघ २०८१, बुधबार १७:४२

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण मुछिएका राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएकाे हाे।

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछाने कास्की जिल्ला अदालतको आदेशमा पुस २५ गते बिहीबार ६५ लाख धरौटी तिरेर रिहा भएका थिए।

Next Post

आशिका तामाङ थप पाँच दिन हिरासत रहने

२ माघ २०८१, बुधबार १७:४२
अभद्र व्यवहारको आरोपमा बुधबार दिउँसो पक्राउ परेकी आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। प्रहरी वृत्त गौशालाका अनुसार तामाङविरुद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप भएको हो। आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी आशिमाथि अभद्र व्यवहारको उजुरी परेको थियो। तामाङविरुद्ध पशुपति […]