सुर्खेतमा आज बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाएका चारै जनाको सनाखत भएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरबहादुर वलीका अनुसार ज्यान गुमाउनेहरूमा कालीकोटकाे शुभकालीका गाउँपालिका–३ का नमराज विक, तन्त विक र वीरेन्द्र विक तथा दैलेखकाे भैरवी गाउँपालिका–४ का महेन्द्र शाही रहेका छन् । यस्तै दुई जना घाइतेको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
सुर्खेतबाट कालीकोट जाँदै गरेको भे १ च २५६० नम्बरको जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरमा रहेको रातानाङ्गला नजिकै दुर्घटना भएको थियो ।