कालिकोटमा बाढी पहिराेबाट ४जनाको मृत्यु २२जना बेपत्ता

हिमशिखर संवाददाता २४ आश्विन २०७९, सोमबार १६:२३

बाढी–पहिरोका कारण कालिकोटमा हालसम्म चार जनाको मृत्यु भएको छ भने २२जना बेपत्ता भएका छन् ।

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका राँचुलीका १६ जना, तिलागुफा नगरपालिका तल्लो बालीका एक जना, बालीघाटका ५ जना, भैंसी गौडामा १ जना गरी ७ जना र खाँडाचक्र नगरपालिका सेरावाडास्थित प्रहरी जवान १ जना बेपत्ता भएका छन् ।

यस्तै सान्नीत्रिवेणी गाउपालिकामा १ जना ,पचालझरना गाउपालिकामा १ जना गरी जम्मा २३ जनामध्ये चारजना मृत फेला परेका छन् । १९ बेपत्ता भएको प्रहरी निरिक्षक सुबराज बमले जानकारी दिए ।

लगातारको वर्षाका कारण कर्णाली राजमार्ग ठप्प भएको छ । सुर्खेतदेखि जुम्ला सडक खण्ड अन्तर्गतको सडकमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । राजमार्गस्थित सडक खण्डमा बग्ने खहरे खोलाहरु उर्लिएका छन् ।

Next Post

मुगुमा बाढी–पहिरोको बितन्डा, ८ जना बेपत्ता, २५ घर विस्थापित

२४ आश्विन २०७९, सोमबार १६:२३
निरन्तर परेको वर्षाले गाउँ माथिबाट पहिरो आउदा ८ जना बेपत्ता भएका छन् भने २५ घर विस्थापित भएका छन् । मुगुकाे छायाँनाथ रारा नगरपालिका– ११ तलिसालिम गाउँमा आइतबार दिउँसो पहिरो आउँदा गाउका २ घर पुरिएर घरभित्र रहेका ८ जना वेपत्ता भएकाछन । साथै, उक्त पहिरोले घरहरुमा क्षेति पुर्याउँदा २५ घरपरिवार विस्थापित […]

सम्बन्धित समाचार