तेस्रो तथा निर्णायक टी–२० क्रिकेट शृङ्खला न्युजिल्यान्डले जित्यो, यूएई पराजित

हिमशिखर सम्वाददाता काठमाण्डौ ४ भाद्र २०८०, सोमबार ०६:५१

यूएईसँगको तेस्रो तथा निर्णायक टी–२० क्रिकेट न्युजिल्यान्डले  जितेको छ । दुबईमा  गएराति भएको खेलमा न्युजिल्यान्ड ३२ रनले विजयी भएको हो ।

जितका लागि न्युजिल्यान्डले दिएको १६७ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित समयमा सात विकेट गुमाएर मात्र १३४ रन बनाउन सक्यो । यूएईका लागि आयन अफजल खानले सर्वाधिक ४२ रन बनाए । यस्तै, बसिल ममिदले २४ र आर्यनश शर्माले १६ रन बनाए ।

न्युजिल्यान्डका बेन लिस्टरले ३ तथा केल जमिसन, मिचेल साट्नर र आदित्य अशोकले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६६ रन बनाएको थियो।

न्युजिल्यान्डका लागि विल योंग र मार्क चापम्यानले अर्धशतकीय पारी खेले । विल योंगले ५६ र मार्कले ५१ रन जोडे । यस्तै, मिचेल साट्नरले २० रन बनाए । जितसँगै न्युजिल्यान्डले शृङ्खला जितेको छ ।  न्युजिल्यान्डले शृङ्खला खेल्न यूएई भ्रमण गरेको यो पहिलो पटक हो ।

Next Post

जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान

४ भाद्र २०८०, सोमबार ०६:५१
जुम्लाको सरकारी टोली सोमबार बडिमालिका भगवतीको मन्दिर तर्फ प्रस्थान गरेको छ। नाग पञ्चमीको दिन तिर्थालु सहित सरकारी टोली दिउँसो १ बजे तिर बाजुरा जिल्लामा रहेको बडिमालिका भगवती मन्दिर दर्शनको लागि गएको हो। बडिमालिका भगवतीको दर्शन गर्न जाने टोलीलाई नेपाली सेना, नेपाल प्रहरी र सरकारी तथा गैरसरकारी निकाय लगायत सर्व-साधारणले फुलमाला, […]

सम्बन्धित समाचार