मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालाेमाेसाे दलेकाे छ।
साेमबार दिउँसाे काठमाडाैँकाे एक हाेटेलबाट पत्रकार सम्मेलन गरेर बाहिरिँदै गर्दा अज्ञात समूहले कालाेमाेसाे दलेकाे हाे।
प्रसाईंले लामाे समयदेखि विवादास्पद अभिव्यक्ति दिँदै आइरहेकाे थिए। त्यसैलाई लिएर कालाेमाेसाे दलिएकाे हुन सक्ने अनुमान गरिएकाे छ।