२ दिने बृहत यौनिकता शिक्षा सम्बन्धित अभिमुखीकरण कार्यक्रम सम्पन्न

महेश चाैलागाँई २३ कार्तिक २०८१, शनिबार १६:२५

जुम्लाका पत्रकार र नागरिक समाज सँग पेश नेपाल जुम्ला द्वारा संचालन भएको बृहत यौनिकता शिक्षा बारे अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बाट संचालन भएको कार्यक्रम शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको हाे । कार्यक्रममा याैन शिक्षा, याैनिकता, बालविवाह, बहुविवाह, जबर्जस्ती करणी, छाउपडी लगाएतका बिषयमा जानकारी गराईएकाे थियाे ।

२१ औँ शताव्दीमा पनि समाजमा यौतिकताका बारेमा खुलेर बोल्ने गरिदैन । यो शिक्षाका बारेमा खास गरी बोल्नु हुदैन भन्ने समाजमा एक किसिम चलन जस्तो बनेको छ । यौनिकता शिक्षा नभएकै कारण समाजमा विभिन्न किसिमका घटना हुने गरेको विष्लेषकको बुझाई छ । विद्यालय स्तरबाटै यो शिक्षा प्रदान गर्नुपर्ने उनीहरुको दावी छ । यही समस्यालाई मध्यनजर गर्दै संचालन भएकाे दुई दिने अभिमुखिकरण शनिबार सम्पन्न भएको हाे ।

प्लान ईन्टरनेष्नल नेपाल र पेस नेपाल जुम्लाको साँझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्र्तगत नागरिक अगुवा पत्रकार र गैरसरकारी संस्थाका प्रतिनिधिलाई दुई दिने यौनिकता शिक्षा दिन थालिएको थियाे । दुई दिनसम्म सञ्चालन भएको यौनिकता शिक्षा तालिमको सहजीकरण प्लान नेपालका तालिम प्रशिक्षक निराजन खड्काले गरेका थिए ।

यौनिकता शिक्षा संसारमा धेरै पहिलेदेखि सुरू भएको हो । तर हाम्रो जस्तो समाजमा यौनिकताका विषयमा खुलेर कुरा नहुने प्रशिक्षक निराजन खड्काले बताए । उनका अनुसार यही शिक्षा अभावकै कारण समाजमा विभिन्न घटना घट्ने गर्दछन् । यो शिक्षालाई सवैले बुझ्न र बुझाउन जरुरी रहेकाे बताए । यौनिकता शिक्षा संसारमा धेरै समय अघि सुरू भएको बताए । उनका अनुसार तापनि युनिसेफ २००१ का अनुसार, १२ करोड युवा विवाहपूर्व असुरक्षित यौन सम्बन्ध र असुरक्षित गर्भपतनमा संलग्न रहेको कुरा विश्वव्यापी तथ्यांकहरूले देखाउँने गरेको छ ।

यस्तै पेस नेपाल जुम्लाका परियाेजना संयाेजक हेमराज भट्टका अनुसार लैङ्गिक तथा यौनिकतासँग सम्बन्धित व्यक्तिगत तथा सांस्कृतिक मूल्य,मान्यता तथाव्यवहारहरुले समाजका हरेक तहका साथ साथै कानुन तथा न्यायिक प्रक्रियामा समेत प्रत्यक्षप्रभाव पारेको बताए । उनले भने याे कार्यक्रम बाट सिकेका कुरा पछि समाचार मार्फत समाजलाई सुशिचित गराउन अनुराेध गरे ।

यौन र प्रजनन स्वास्थ्यमा किशोर–किशोरीको अधिकार बढ्दो विश्वव्यापी प्राथमिकता पनि हो। दिगो विकास लक्ष्यमा किशोर–किशोरीलाई स्पष्ट रुपमा समावेश गरिएकोले पत्रकारहरुले लेख्ने हरेक शब्दहरुमा ख्याल गर्न जरुरी छ ।उनले पत्रकारीता जगत समाज रुपान्तरणको महत्वपुण माध्यम हो । त्यसैले यस्तो कुरा त सबैलाई सिकाउन जरुरी छ ।

तर पछिल्लो समयमा यौन तथा प्रजनन स्वास्थ्य भन्ने बित्तिकै यौन सम्पर्कमा सीमित बुझाइ पक्कै पनि घातक सिद्ध भइरहेको छ। यस पटक जुम्लाका पत्रकारलाई यौनिकताको बारेमा ज्ञान प्रदान गरिएको छ । पालनपोषण ,महिनावारी, मित्रता र माया, सुर्तिजन्य प्रदार्थ र मदिरा ,लागु प्रदार्थ यौन तथा प्रजनन स्वास्थ्य, बिवाहा गर्भव अवस्था गर्भपतन लगायतका बिषयमा जुम्लाका पत्रकारलाई जानकारी गराइएको छ ।

Next Post

बाेलेराे जिप दुघटना हुदा ९ जना काे मुत्यु १३ जना घाइते

२३ कार्तिक २०८१, शनिबार १६:२५
कालीकोटमा बोलेरो जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो कालीकोटको पलाँता गाउँपालिका–३ स्थित राढुनेटामा क १ ज ५६ नम्बरको यात्रुवाहक जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो । गाडीमा सवार २० जनामध्ये ९ जनाको घटनास्थलमै मृत्यु भएको र भने अन्य १३ जना घाइते भएको जिल्ला […]