रामेछापमा मतपेटिकासहित निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी भिरबाट खस्यो

हिमशिखर संवाददाता १८ फाल्गुन २०८२, सोमबार १६:५४

रामेछापमा मतपेटिका लगायत निर्वाचन सामग्री बोकेर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रवक्ता इन्स्पेक्टर राजन तिम्सिनाका अनुसार मन्थलीबाट रामेछाप-२ र ३ को बुथका लागि निर्वाचन सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी देउराली सिरुबारीको भिरमा खसेको प्रारम्भिक सूचना प्राप्त भएको छ ।

‘अहिले गाडी नम्बरहरू केही खुलेको छैन । दुईवटा बुथका लागि सामान बोकेर गएको गाडी दुर्घटनामा परेको खबर छ । गाडीमा मतदान अधिकृत, अन्य कर्मचारी र सुरक्षाकर्मी छन् । प्रहरी टोली पठाउँदै छौँ’, तिम्सिनाले जानकारी दिएका छन  ।

थप विवरण बुझ्ने काम भइरहेको उनले बताए ।

Next Post

जुम्लामा ज्ञानेन्द्र शाहीको  फराकिलो अग्रता

१८ फाल्गुन २०८२, सोमबार १६:५४
कनकासुन्दरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को हालसम्म २,७८८ मत गणना सम्पन्न हुँदा हलो चुनाव चिन्हले फराकिलो अग्रता कायम गरेको छ। प्रारम्भिक मतपरिणाम अनुसार ज्ञानेन्द्र शाहीले  १,४४९ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ। यस्तै तारा चुनाव नरृश भण्डारीले  ७३५ मत ल्याउँदै दोस्रो स्थानमा रहेको छ भने […]