कनकासुन्दरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को हालसम्म २,७८८ मत गणना सम्पन्न हुँदा हलो चुनाव चिन्हले फराकिलो अग्रता कायम गरेको छ। प्रारम्भिक मतपरिणाम अनुसार ज्ञानेन्द्र शाहीले १,४४९ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ।
यस्तै तारा चुनाव नरृश भण्डारीले ७३५ मत ल्याउँदै दोस्रो स्थानमा रहेको छ भने दिप बहादुर शाही ३४० मत प्राप्त गरेको छ। अन्य प्रतिस्पर्धीहरूमा शान्ति लाल महतले ११० मत, बिनिता कठायतले २३ मत पाएका छन्। साथै ७४ मत बदर भएको छ । निर्वाचन कार्यालयले जनाएको छ।
हालसम्मको गणनामा हलो र तारा बीच ७१४ मतको अन्तर देखिएको छ। प्रारम्भिक नतिजाले हलो चुनाव चिन्हलाई स्पष्ट अग्रता दिलाएको देखिए पनि बाँकी वडाको मतगणनाले अन्तिम परिणाम तय गर्नेछ।
मतगणना कार्य भने निरन्तर जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।



