काठमाडौं : चर्चित हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा पारिपोर्ट पोजेटिभ आएको गजुरेल आफैले जानकारी दिएका हुन् ।
उनले गत विहीबारदेखि नै आफू आइसोलेसनमा रहेको बताएका छन् । ‘मलाई अहिले गाह्रो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु,’ उनले सामाजिक सन्जालमा लेखेका छन् ।
‘संक्रमणबाट बँच्न सुरक्षाका सम्पुर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ । आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा ‘पोजिटिभ’ देखिई हालेमा पनि नआत्तिन, विश्वासिलो चिकित्सकको सम्पर्कमा रहन सामाजिक सञ्जाल मार्फत गजुरेरले सबैलाई अनुरोध गरेका छन ।
यसअघि उनले आफ्ना दाजुलाई अस्पताल लैजाने–ल्याउने गरेका थिए । उनका दाजुमा यसअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।