पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने एमाले माधब पक्षकाे निश्कर्ष

हिमशिखर संवाददाता १ भाद्र २०७८, मंगलवार १७:०८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने निष्कर्ष निकालेको छ।

मंगलबार बानेश्वरमा बसेको नेपाल समूहको केन्द्रीय कमिटी सदस्य र सांसदहरूको बैठकले उक्त निष्कर्ष निकालेको हो।

बैठकमा बोलेका केन्द्रीय सदस्य ठाकुर गैरेले विष पिएर भए पनि माधव नेपालले एकताका लागि प्रयास गर्नुपर्ने बताए।

बैठकमा बोल्ने उनी एक्ला केन्द्रीय सदस्य हुन्। यसअघि उनले विघटित कार्यदलका सदस्यहरूसँग छलफल गरेका थिए।

Next Post

जातीय विभेद मुद्दाका आराेपी वडाध्यक्षका बाबु छाेरा २ लाख १० हजार धराैटीमा छुटे

१ भाद्र २०७८, मंगलवार १७:०८
जुम्लाकाे सिंजा गाउँपालिका -६ मा जातीय विभेद गर्ने वडाध्यक्ष कालीबहादुर बुढा र उनका छोरा नविन बुढालाई जिल्ला अदालतले धरौटीमा छोडेको छ। जिल्ला अदालत जुम्लाका न्यायाधीश शिव प्रसाद खनालको एकल इजलासले जातीय विभेद गर्ने वडाध्यक्ष र उनका छोरालाई धरौटीमा छोडेकाे हो। वडाध्यक्ष बुढालाई १ लाख १० हजार र उनका छोरा नविनलाई […]

सम्बन्धित समाचार