प्रधानमन्त्रीद्वारा इजरायलमा मृत्यु भएका विद्यार्थीहरुकाे निधनप्रति श्रद्धाञ्जली अर्पण

हिमशिखर सम्वाददाता काठमाण्डौ २२ आश्विन २०८०, सोमबार १८:२०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हमास आक्रमणबाट इजरायलमा मृत्यु भएका विद्यार्थीकाे निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

इजरायल-गाजा युद्ध र त्यसबाट नेपालीहरुमा परेकाे अवस्थबारे छलफल गर्न साेमबार बसेकाे मन्त्रीपरिषद्का विशेष बैठक लगत्तै प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरेका हुन्।

प्यालेस्टिनी सशस्त्र समूह हमासकाे गाजा आक्रमणमा शनिबार १० नेपाली विद्यार्थीका मृत्यु भएकाे थियाे। उनीहरुकाे मृत्युप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले श्रद्धाञ्जली अर्पण गरेका छन्।

मन्त्रिपरिषद्काे आकस्मिक बैठकले युद्धमा परेर निधन भएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्दै भाेलि (मंगलबार) राष्ट्रिय शाेक घाेषणा गरेकाे प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका छन्।

त्यस्तै युद्धमा निधन भएकाहरुका परिवारलाई राहतस्वरुप प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि बैठकले गरेकाे छ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले युद्धमा बेपत्ता भएकाहरुकाे खाेजी कार्य भइरहेकाे र घाइतेहरुलाई उपचाकारकाे लागि समन्वय गर्ने र नेपाल फर्काउन हवाइ चार्टरकाे व्यवस्था गरिएकाे बताए।

Next Post

तीनकुने सामूहिक हत्याका अभियुक्त कारागार चलान

२२ आश्विन २०८०, सोमबार १८:२०
तीनकुनेमा चार जनाको सामूहिक हत्याका अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौँले आज भएको थुनछेक बहसपछि भण्डारीलाई पुर्पक्षका लागि कारागार चलाउन पठाउन आदेश दिएको हो। सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका– ९ घर भएका २३ वर्षीय भण्डारीलाई गत भदाै २९ गते तीनकुनेमा चार जनाकाे हत्या गरेकाे आराेपमा पक्राउ […]

सम्बन्धित समाचार