जुम्लामा कर तिर्नलाई सास्ति , सरकारी कार्यलय भित्रै सेवाकाे व्यापार

महेश चाैलागाँई १६ भाद्र २०७८, बुधबार २१:३९

आन्तरिक राजश्व कार्यलय जुम्लामा करदातालाई कर तिर्नकाे लागि सास्ति भाेगिरहेका छन ।आन्तरिक राजस्व कार्यलयका सबै काम डिजिटल बनाए संगै करदातालाई सास्ति भएकाे हाे । करदाता लाई सहज बनाउनकाे उद्योग बाणिज्य संघ जुम्लाले सञ्चालन गरेकाे हेल्प डेस्कले चर्काे शुल्क असुल्ने गरेकाे छ ।

उद्योग वाणिज्य संघ जुम्लाले आन्तरिक राजस्व कार्यलय परिसर भित्र हेल्प डेस्क स्थापना गरेर सेवाग्राही बाट चर्को शुल्क लिने गरेको पाइएको छ ।

आन्तरिक राजश्व कार्यालय जुम्लामा उद्योग बाणिज्य संगले सञ्चालन गरेकाे हेल्प डेस्क

हेल्प डेस्कमा भ्याट – प्यान दर्ता, भ्याट थप, कर चुक्ता लगायतका काम गर्ने गरेको छ । जसमा भ्याट – प्यानको दर्ताको फम भरिदिए बापत ५०० लिने गरेको छ भने कार्यलय बाहिर रहेका प्राइभेट फर्मले ३५० रुपियाँ मात्र लिने गरेका छन् । यस्तै, भ्याट थपको लागी प्राइभेटले ५० रुपियाँ मात्र लिदा उद्योग वाणिज्य संघले ३०० रुपियाँ लिने गरेको छ । कर चुक्ताको लागी भने १०० रुपियाँ लिने गरेको हेल्प डेस्कमा कार्यरत कर्मचारी रोजिना रावतले बताइन् ।

आन्तरिक राजस्व कार्यलयका प्रमुख नाराद प्रसाद शर्माले भने बाहिर २०००-२५०० माग्ने गरेको सेवाग्राहीको गुनासो आएपछि हेल्प डेस्कमा बस्ने कर्मचारीकाे लागि न्युनतम शुलकमा काम गर्नकाे लागि उद्योग वाणिज्य संघको पहलमा हेल्प डेस्क स्थापना गरिएको र जानकारी दिए ।

यस्तै, उद्योग वाणिज्य संघले भने अहिले आन्तरिक राजस्वका सम्पुर्ण काम अनलाईन मार्फत गरिने भएकोले सेवाकै लागी पहिले देखि नै संघको कार्यलय बाट थोरै शुल्कमा यी कामहरु गर्दै आएको तर पछिल्लो समय आन्तरिक राजस्व कार्यलयमा सेवाग्राहीको भिड बढेपछि कार्यलय भित्रै हेल्प डेस्क स्थापना गरिएको बताए ।

Next Post

संयुक्त अनुगमनकाे समीक्षा गर्दै जिल्ला परियाेजना सल्लाहकार समितिकाे बैठकमा सम्पन्न

१६ भाद्र २०७८, बुधबार २१:३९
जुम्लाका ३ सय ५५ जनालाई १ करोड ४० लाख १४ हजार ८ सय रुपैयाँ बराबर काे व्यवसायलाई पूनर्स्थापना जिल्ला परियाेजना सल्लाहकार समितिकाे बैठकमा किर्डाक नेपालले गरेका क्रियाकलापहरूकाे समीक्षा भएकाेछ । बुधबार सम्पन्न बैठकमा किर्डाक नेपालले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संगकाे साझेदारीमा संचालित एकिकृत पोषण तथा उत्थानशील जिविकोपार्जन / बाल संरक्षण […]