द्वन्दपीडित समुदाय र नागरिक समाजले ‘जनयुद्ध दिवस’ को अवसरमा दिएको सार्वजनिक विदाको विरोध गरेको छ।
फागुन १ गते नेपाल र नेपालीहरुको कालो दिन भएको बताउँदै नागरिक समाजले सार्वजनिक विदाको आलोचना गरेको हो ।
‘सार्वजनिक विदा बन्द गर’, ‘द्वन्दपीडितलाई न्याय गर’ लगायतका नारा लेखिएको ब्यानरसहित उनीहरुले विरोध गरेको हुन्।