सुर्खेत जिप दुर्घटना : मृतक चारमध्ये तीन जना कालीकोटका , एक जनाको सनाखत हुन बाँकी

हिमशिखर सम्वाददाता सुर्खेत १७ जेष्ठ २०८१, बिहीबार १०:२६

सुर्खेत , सुर्खेतबाट कालीकोट तर्फ जादै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप दुर्घटनामा परी ज्यान गुमाएका चारमध्ये तीन जनाको सनाखत भएको छ । मृतक सबै कालीकोटका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी पोषण थापाका अनुसार बिहीबार बिहान दुई बजे ६ जना यात्रु लिएर कालीकोट आउँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा कालीकोटको शुभकालीका गाउँपालिका–३ का ३७ वर्षीय वीरेन्द्र बिक, ३१ वर्षीय नवराज बिक र २१ वर्षीया पुष्पा विकको मृत्यु भएको खुलको हो । दुर्घटनामा परी ज्यान गुमाएका अर्का एक जनाको भने सनाखत हुन बाँकी छ ।

सुर्खेतबाट ६ जना यात्रु लिएर जादै गरेको डबलक्याप बोलेरो जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते भएको प्रहीले जनाएको छ ।

घाइते हुनेमा कालीकोटको खाँडाचक्र नगरपालिका ७ का २५ वर्षीय नरेन्द्र बिष्ट र शुभकालिका गाउँपालिका ३ का २८ वर्षीय नरि बिक रहेका छन् । बिष्ट बोलेरो चालक हुन् । घाइते दुई जनाको प्रादेशीक अस्तपाल सुर्खेतमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार जिप सडकबाट तीन सय मिटर तल खसेको छ ।

Next Post

सुर्खेतमा जिप दुर्घटना : ज्यान गुमाएका चारै जनाको सनाखत

१७ जेष्ठ २०८१, बिहीबार १०:२६
सुर्खेतमा आज बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाएका चारै जनाको सनाखत भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरबहादुर वलीका अनुसार ज्यान गुमाउनेहरूमा कालीकोटकाे शुभकालीका गाउँपालिका–३ का नमराज विक, तन्त विक र वीरेन्द्र विक तथा दैलेखकाे भैरवी गाउँपालिका–४ का महेन्द्र शाही रहेका छन् । यस्तै दुई जना घाइतेको […]

सम्बन्धित समाचार