भूकम्प अपडेट : मृतकको संख्या ५४ पुग्यो

महेश चाैलागाँई १८ कार्तिक २०८०, शनिबार ०६:०६

जाजरकोटमा शुक्रबार रातिको भूकम्पले ५४ जनाको मृत्यु भएको छ । बिहान साढे ५ बजेसम्मको विवरणअनुसार रुकुममा २८ जना र जाजरकोटमा २६ जनाको मृत्यु भएको छ ।

शुक्रबार राति ११:४७ बजे गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा मानवीय र भौतिक क्षति भएको छ ।

रुकुम पश्चिमका डीएसपी नमराज भट्टराईका अनुसार रुकुममा मात्र २८ जनाको मृत्यु पुष्टि भएको छ ।

जाजरकोटमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित २६ जनाको मृत्यु पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले भने, ‘अहिलेसम्म २६ जनाको ज्यान गएको खबर प्राप्त भएको छ । बाँकी विवरणहरु पनि आइरहेका छन् ।’

पछिल्लो विवरणअनुसार जाजरकोटमा १४ महिला र १२ पुरुषको मृत्यु भएको छ । ३८ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । भूकम्पबाट सख्त घाइते भएका आठ जनालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

जिल्ला अस्पताल बिरामीले भरिएका छन् । सर्वसाधारणको रुवावासी चलेको छ । उद्धारको क्रम जारी छ ।

Next Post

जाजरकोट भुकम्प अप्डेट मृत्यु हुनेकाे संख्या ७१ पुग्याे ।

१८ कार्तिक २०८०, शनिबार ०६:०६
शुक्रबार राति जाजरकोटकाे रामीडाँडालाई केन्द्र बनाएर गएकाे ६.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेकाे संख्या ७१ पुगेकाे छ । रुकुम पश्चिम र जाजरकोटमा गरी ७१ जनाकाे मृत्यु भएकाे सरकारी अधिकारी र जनप्रतिनिधिहरूले बताएका छन् । रुकुम पश्चिमकाे आठविसकोट नगरपालिका वडा नम्बर ११ मा ६ जना, वडा नम्बर १२ मा ३ जना, वडा नम्बर १३ मा ७ […]