रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा निधन

हिमशिखर सम्वाददाता काठमाण्डौ १९ बैशाख २०८०, मंगलवार २०:१२

रास्वपा सभापति रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा निधन भएको छ । वैशाख ४ गते चितवनमा घरको छतबाट खसेर घाइते भएका चालक शम्भु थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

मंगलबार दिउँसो १ बजेर ४० मिनेटमा उनको निधन भएको ललितपुर प्रहरी प्रवक्ता प्रवीण पोखरेलले जानकारी दिए ।

चितवनको भरतपुरमा प्रारम्भिक उपचारपछि थापालाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । भेन्टिलेटरमा राखेर उपचार गराइएकोमा उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।

Next Post

एक वर्षमा ५५ वटा प्रेस स्वतन्त्रता हननका घटना

१९ बैशाख २०८०, मंगलवार २०:१२
एक वर्षको अवधिमा नेपालमा प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना भएका छन् । मे ३ सन् २०२२ देखि अप्रिल २६ सन् २०२३ प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । गएकाे वर्ष यही अवधिमा ७५ वटा घटना अभिलेख भएका थिए । यसबाट ९३ जना पत्रकार र आठ […]