आशिका तामाङ थप पाँच दिन हिरासत रहने

हिमशिखर संवाददाता ३ माघ २०८१, बिहीबार १२:५७

अभद्र व्यवहारको आरोपमा बुधबार दिउँसो पक्राउ परेकी आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

प्रहरी वृत्त गौशालाका अनुसार तामाङविरुद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप भएको हो।

आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी आशिमाथि अभद्र व्यवहारको उजुरी परेको थियो। तामाङविरुद्ध पशुपति क्षेत्र विकास कोषले उजुरी दर्ता गराएको थियो।

पशुपति क्षेत्र विकास कोषले कर्मचारीमाथि गालीगलौज र दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि तामाङमाथि अनुसन्धान सुरु भएको थियो। उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तामाङले कोष परिसरभित्र कर्मचारीसँग विवाद गरेको मात्र नभई, महिला प्रहरीमाथि दुर्व्यवहार र धकेलाधकेल गरेको आरोपसमेत छ। उक्त घटनासम्बन्धी भिडिओ सामाजिक सञ्जालमा समेत भाइरल बनेको थियो।

प्रहरी वृत्त स्वयम्भूले तामाङलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा पठाएको थियो।

आशिकाले सामाजिक अभियन्ताको रूपमा विभिन्न विषयमा सक्रियता देखाउँदै फेसबुकलगायतका प्लेटफर्महरूमा भिडिओ पोस्ट गर्दै आएकी छन्।

Next Post

हमासले रिहा गर्ने बन्धककाे सूची सार्वजनिक, विपिन जाेशीकाे छैन नाम

३ माघ २०८१, बिहीबार १२:५७
१५ महिनादेखि जारी इजरायल–हमास युद्ध अन्त्य र बन्धकहरू रिहा गर्ने सहमति भएको छ। कतार र अमेरिकाको लामो समयको मध्यस्थता प्रयासपछि बहुप्रतीक्षित युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति भएको बीबीसीले जनाएको छ। करिब छ सातामा युद्धविराम प्रक्रिया सम्पन्न हुने बताइएको छ। पहिलो चरणमा केही इजरेली बन्धकहरू छाडिने र त्यसको बदलामा इजरायलले […]