नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवा पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण राजनीतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन्।
थापाले भने, “सरकारको असंवेदनशीलता कारण अनावश्यक युवा ज्यान गुमाउनु परेको हृदयविदारक घटना हो। आन्दोलन नियन्त्रणको नाममा गरिएको दमन अक्षम्य छ।”
उनले भ्रष्टाचार र सुशासनविरुद्धका मागहरूलाई आम सरोकारको विषय भन्दै कानुन संशोधन र उच्चस्तरीय छानबिन आयोग गठन गर्न सरकारसँग आग्रह गरेका छन्। साथै, सामाजिक सञ्जाल निर्देशिका संविधान र कानुनसम्मत नभएको भन्दै तत्काल खारेज गर्नुपर्नेमा जोड दिएका छन्



