सहिदका सपना मर्न दिन्नै : विप्लप

हिमशिखर संवाददाता २१ फाल्गुन २०७७, शुक्रबार १६:५०

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सहिदको सपना मर्न नदिने बताएका छन् ।
सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा हस्ताक्षर समारोहलाई सम्बाेधन गर्दै महासचिव विप्लवले
सुन्दर देस निर्माण गर्ने सपनाकासाथ वार्तामा सहभागी भएकाे बताएकाछन ।

हस्ताक्षर समारोह

सरकार संग भएकाे तीन बुँदे सहमतिमा नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेको उनले बताएका छन् । नेपाली समाज रूपान्तरणको प्रक्रियामा अगाडि बढिरहेको उनले बताए ।

सहकार्य र हातेमालो गरेर अगाडि बढ्न तयार रहेको उनले बताए । विदेशीसामु कहिल्यै नझुक्ने उनले बताए ।

सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा हस्ताक्षर समारोहमा विप्लवले कम्युनिस्ट पार्टीले मात्रै युद्धको अन्त्य गर्ने उनले बताए । राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट वार्ता टोली संयोजक तथा प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

Next Post

अब हिंसाको बाटोमा कोही पनि छैन: प्रधानमन्त्री ओली

२१ फाल्गुन २०७७, शुक्रबार १६:५०
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण भएको बताएका छन्। सरकार र  नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमति हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘देश विकासका लागि शान्तिपूर्ण वातावरण चाहिन्छ। त्यही वातावरण सिर्जना गर्ने क्रममा आज त्यो ऐतिहासिक काम गएको छ। नेपाल शान्तिपूर्ण देश भएको छ। अब नेपालमा हिंसाको बाटोमा कोही […]