जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचियाे, २ जनाको ज्यान गयो

के .बि अछुत ७ बैशाख २०८०, बिहीबार १४:०३

जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जनाकाे ज्यान गएकाे छ ।

जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेकाे बेलिब्रिज भाँचिदा दुई जनाको ज्यान गएको हाे । यस्तै अन्य दुई जना घाइते भएका छन् ।

उनीहरूको परिचय खुल्न नसकेको र प्रहरी टोली घटनास्थल जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो । घटनास्थल जाजरकोट–डोल्पा सडक भेरी काेरीडोरमा पर्छ ।

Next Post

दुई कराेड ३३ लाख बराबरकाे काेकिनसहित दुई विदेशी नागरिक पक्राउ

७ बैशाख २०८०, बिहीबार १४:०३
नेपाल प्रहरीको लागुऔषध व्युरोले १ केजी ८० ग्राम कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ। व्युरोले विशेष सूचनाको आधारमा मंगलबार काठमाडौँको ठमेलबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेशका ५१ वर्षीय रवीन्द्रकुमार पराशर र केन्याकी ६३ वर्षीया पिलिसिला वान्जा निरितु रहेका छन्। प्रहरीले रवीन्द्रकुमारको साथबाट सो परिणामको कोकिन बरामद […]

सम्बन्धित समाचार