लद्दाखमा चिनिया सेनाले गोली चलाएको भारतीय दाबी

हिमशिखर संवाददाता २३ भाद्र २०७७, मंगलवार २२:१३

 

काठमाण्डौ – भारतीय सेनाले लद्दाखको सीमा क्षेत्रमा नियन्त्रण रेखा उल्लङ्घन गरेको चिनियाँ आरोपको भारतले खण्डन गरेको छ ।

हिमाली क्षेत्रमा रहेको यो सीमामा दुई पक्षबीच तनाव उत्पन्न हुँदा चिनियाँ पक्षले हावामा गोली चलाएको भारतले दाबी गरेको छ ।  प्रतिक्रिया स्वरूप आफ्ना सेनाले चिनियाँ पक्षलाई फिर्ता गराउन खोज्दा चिनियाँ सैनिकले हावामा गोली चलाएको भारतको दाबी छ ।

सोमबार राति चिनियाँ सेनाले भारतीय सैनिकलाई चेतावनी दिँदै गोली हानेपछि आफूले प्रतिकार गरेको बताएको थियो । विश्लेषकका अनुसार सन् १९७५ पछि सीमामा गोली चलेको यो पहिलो पटक हो ।

गएको जुन महिनामा भारतीय र चिनियाँ सेनाबीच गलवान उपत्यकामा भिडन्त हुँदा कम्तीमा २० भारतीय सैनिकको ज्यान गएको थियो । त्यो घटनामा आफूतर्फ कति सैनिक हताहत भए भन्नेबारे चीनले अहिलेसम्म मुख खोलेका छैन ।

Next Post

कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

२३ भाद्र २०७७, मंगलवार २२:१३
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई निर्देशन दिएकाछन । प्रधानमन्त्री निवास बालुवाटारमा मनोचिकित्सकसँगको परामर्श र छलफलका क्रममा प्रधानमन्त्री ओलीले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्न मनोचिकित्सकको विशेष […]