कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

हिमशिखर संवाददाता २३ भाद्र २०७७, मंगलवार २२:१७

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई निर्देशन दिएकाछन ।

प्रधानमन्त्री निवास बालुवाटारमा मनोचिकित्सकसँगको परामर्श र छलफलका क्रममा प्रधानमन्त्री ओलीले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्न मनोचिकित्सकको विशेष योगदान हुने भन्दै कोभिड–१९ को प्रभावविरूद्ध व्यापक परामर्श तथा सचेतना अभियान सञ्चालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चार माध्यमबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक भएकाले  यसमा मनोचिकित्सकले सक्रिय हुनुपर्ने बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका जानकारी दिएकाछन ।

कार्यक्रममा प्रा। डा। सुदर्शन नरसिंह प्रधान, डा। पशुपति महत, प्रा। डा। सरोजप्रसाद ओझा, प्रा। डा। दिव्यासिंह शाह, डा। रितेश थापा, डा। सगुन पन्त, डा। अनन्त अधिकारी, डा। फणीन्द्र बराल र डा। रोशन पोखरेललगायत विज्ञले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपाय प्रस्तुत गरेका थिए ।

 

 

 

 

 

Next Post

कोभिड १९ बाट विश्वभर ९६ नेपालीको मृत्यु, ३० देशमा ६ हजारभन्दा बढी संक्रमित  

२३ भाद्र २०७७, मंगलवार २२:१७
विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड- १९) काे संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ९६ पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ । यस्तै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या  १५ […]