संविधानको रक्षाका लागि पाँचदलीय गठबन्धन आवश्यक छ : प्रधानमन्त्री देउवा

हिमशिखर संवाददाता २४ बैशाख २०७९, शनिबार १९:३७

शनिबार जनकपुरमा आयोजित सत्तारुढ गठबन्धनको आमसभामा उनले काग्रेसको महाधिवेशनबाट समेत गठबन्धनलाई अनुमोदन गरिएको कारणले यसको औचित्यमाथि काग्रेसले प्रश्न उठाउन नसक्ने बताए । देउवाले तराई मधेसमा नागरिकताको समस्या रहेको बताउदै यसलाई छिटो समाधान गर्ने आश्वासनसमेत दिए।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा विद्यमान नागरिकताको समस्या समाधान गर्ने आश्वासन दिए । उनले विगतमा एमालेको कारण नागरिकता समस्या समाधान हुन नसकेको आरोप पनि लगाए । प्रचण्डले अब सदन खुल्ने बित्तिकै नागरिकता समस्या समाधान हुने बताए ।

जसपा अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि पाँचदलीय गठबन्धन भएको बताए । पाँचदलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न यादवले अपिल गरे ।

Next Post

भरतपुरमा बोलेको कुरालाई बंग्याएर प्रचार गरियो: माओवादी अध्यक्ष प्रचण्ड

२४ बैशाख २०७९, शनिबार १९:३७
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले भनेका कुरालाई नकारात्मक शैलीबाट प्रचार गरिएको बताएका छन्। आइतबार तुलसीपुरमा गठबन्धनको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले आफूले भरतपुरमा बोलेको कुरालाई बंग्याएर प्रचार गरिएको बताए। ‘मैले भरतपुर या काठमाडौं महानगरपालिकाको सभामा जाँदा हामीले यो गठबन्धन एउटा ठूलो प्रतिगामी षड्यन्त्र, एउटा निकै ठूलो लोकतन्त्र विरोधी […]