राजीनामा दिएका शंकर पोखरेल आजै मुख्यमन्त्री बन्दै

हिमशिखर संवाददाता १९ बैशाख २०७८, आईतवार ११:२३

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेलले आजै मुख्यमन्त्रीको सपथ ग्रहण लिदैछन्।

पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले एकल सरकार गठन गर्न राजीनामा दिएका हुन्।

उनी संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेका थिए।

एमाले लुम्बिनी संसदीय दलको आज बिहान बसकाे बैठकले पाेखरेललाई नै पुन:मुख्यमन्त्री बनाउने निर्णय गरेकाे हाे।

माधव नेपालनिकट प्रदेश सभा सदस्यहरुले फ्लोर क्रस गर्न सक्ने आ‌कलन गर्दै पोख्रेलले निकै ठूलो चलाखी अपनाएका हुन्।

पोखरेलले आजै बेलुकी मुख्यमन्त्रीकाे सपथ ग्रहण लिने नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिए।

जसपाले ४ जना सांसदलाई निष्काशन गरेसंगै प्रदेशसभामा एमालेको एकल बहुमत छ। एमाले बाहेकका दलहरुले सरकार गठन गर्न सक्ने छैनन्।

Next Post

एमडिआरटी लक्ष्य चुमेका सानिमा लाइफका एजेन्सी म्यानेजरकाे कोरोनाबाट निधन

१९ बैशाख २०७८, आईतवार ११:२३
सन २०२१ को लागि एमडिआरटीमा भाग लिने लक्ष्य सफलतापूर्वक पूरा गरेका सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर बिनोद परियारको दुखद काेराेना संक्रमणबाट निधन भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको नेपालगन्ज शाखा प्रमुख मेगराज बिकका अनुसार परियारको मंगलबार साँझ कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ७ दिन […]