जुम्ला जिल्लामा हुने प्रत्यक फुटबल प्रतियोगिता बिवादित हुने गरेका छन् । जुम्ला जिल्ला फुटबल संघकाे व्यवस्थापनमा कमि र नियम बिपरित खेल खेलाइने भएकाले जुम्लामा हुने प्रत्यक खेल बिवादित हुने गरेका हुन् ।
जुम्लामा जारि जुम्ला लिग फुटबल प्रतियोगिता जेष्ठ मिहनाकाे २० गते बाट संचालन भएर जेष्ठ २७ गते भएकाे सेमिफाइनलकाे खेल लेकाली युवा क्लब र ढाँण थपला युवा क्लबकाे खेलमा बिवाद आएकाले फाईनल खेल स्थगित भएकाे आयाेजकले जनाएकाे छ । ढाँण थपला युवा क्लबका जर्सि नम्बर ६ का खेलाडी सागर शर्मा, उनी रानीवन स्पाेर्प क्लब बाजुरा बाट सि´ डिभिजन लिग खेल खेलिरहेका हुन् । उक्त खलाडीले कुनै पनि जिल्लामा हुने लिग खेल प्रतियोगितामा भाग लिग खेल्न नपाउने संघले संचालन गरेकाे एन्फाकाे बिधान २०७८/७९ र आउने २०८०/८१ सहित ईस्मारक बि र सि डिभिजन लिग तथा २०७८ र ७९/०८० सालकाे सहित स्मारक ए डिभिजन लिगमा सहभागी खेलाडीहरू दर्ता गराउन पाहिने छैन् भन्ने प्रवधान हुदा हुँदै पनि जुम्ला जिल्ला फुटबल संघ जुम्लाले नियम बिपरित कार्य गरिरहेकाे छ । कुनै पनि खेलाडीले लिगकाे बि र सि´ डिभिजन लिग खेलि रहेकाे खेलाडीले अन्य जिल्लामा हुने लिग खेल खेल्नकाे लागि खेलाडीहरू दर्ता गराउन पाहिने छैन् भन्ने प्रावधान रहेकाे छ । यस्तै लेकाली युवा क्लबले सेमिफाइनलकाे खेल समापन लगत्तै ´सि` डिभिजन खेल खेलेकाे प्रमाण सहित निवेदन पेश गरेकाले फाईनल खेल स्थगित भएकाे हे ।