बालबालिका समबन्धी ५ वर्षे लगानी योजना निर्माण गर्दै गुठिचौर गाँउपालिका

महेश चाैलागाँई १० फाल्गुन २०७९, बुधबार ०९:१०

जुम्लाको गुठिचौर गाउँपालिकाले बालबालिका समबन्धी ५ वर्षे लगानी योजना निर्माण सम्बन्धी दुई दिने कार्यशाला गोष्ठि सम्पन गरेकोे छ । आगामी पाँच वर्षभित्र बालविवाह मुक्तगाउँपालिका घोषणा गर्नका लागि अपनाउनुपर्ने कार्ययोजनासहित रणनीतिक योजना तयार पारिएको गाउँपालिका अध्यक्ष तथा कार्यक्रम सभाअध्यक्ष दानबहादुर बुढाले बताए।

गुठिचौर गाउँपालिका र वर्ल्ड भिजन ईन्टरनेशनलको सहयोग र किर्डाक नेपालको सहकार्य र गुठिचौर गाउँपालिका महिला तथा बालबालिका शाखाले सो रणनीतिक योजना तयार पार्ने भएको हो ।

छिटै रणनीतिक योजना बनाउने कार्य शुरु गरी तयार पारिने अध्यक्ष बुढाले बताए । गुठिचौर गाउँपालिकामा पनि बालविवाह हुने पालिकामा पर्छ । त्यसैले वाविबाह न्यूनीकरण गर्न रणनीतिक योजना तयार पार्ने बुढाले बताए ।

योजनामा बालिका र किशोरीे सशक्तीकरण, उनीहरुका लागि गुणस्तरीय शिक्षा तथा बालक, किशोर र पुरुषको सहभागिता, परिवार र समुदायको परिचालन, सेवा प्रवाह र कानून तथा नीतिको सुदृढीकरण र कार्यान्वयन समेटिने भएको छ ।

किर्डाक नेपाल जुम्लाका कार्यक्रम सुपरभाइजर राम शंकर दवाडीले बालविवाह न्यूनीकरणका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताए । दुई दिने गोष्ठीको पहिलो दिन बालबालिका समस्या र रणनीतिक योजनाको छलफल गरिएको सुपरभाइजर दवाडीले जनाए । बालबालिकाको रणनीतिक योजना निर्माणका सहयोग सहकार्य रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नु भयो । गुठिचौर गाउँपालिका प्रमुख प्रसशकिय अधिकृत देबकी रावतले बालविवाह कानून विरुद्धको कार्य भए पनि अहिलेसम्म जिल्लामा यस विरुद्ध कुनै उजुरी नपरेको बताए । रणनीतिक योजनामा लाग्ने आर्थिक अनुमानित २ करोड ९४ लाख अनुमान गरिएको अधिकृत रावतले जानकारी दिनुभएको छ ।

Next Post

जुम्लि फुजि स्याउ कुहिदाँ १० लाखको घाटा

१० फाल्गुन २०७९, बुधबार ०९:१०
जुम्लाका व्यापारी देउक्रषि चौलागाईले विक्रीका लागि जुम्लाबाट स्याउ नेपालगन्ज पुराएका थिए । उनले नेपालगन्जबाट मुलुकका विभिन्न शहरमा स्याउ विक्री गर्दै आएका छन् । जुम्लाबाट नेपालगन्ज विक्रीका लागि ल्याईको जम्मा ३० टन स्याउ मध्य ४ टन स्याउ विक्री नहुँदै कुहिएको छ । जुम्ली किसानबाट एकमुष्ट खरिद गरेर ल्याएको ३० टन मध्य […]