डा.केसीलाई भेरी अस्पतालमा भर्ना

हिमशिखर संवाददाता ५ आश्विन २०७७, सोमबार २१:१२

बाँँकेे : चिकित्सा शिक्षा सुधारकाे माग राख्दै जुम्लामा अनसन बसेका डा.गोविन्द केसीलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको छ।
डा. केसी आज साँझ काठमाडौं जान हवाई माग हुँदै जुम्लाबाट नेपालगञ्ज आएका थिए। उडान नभएकाले उनी नेपालगञ्जमै रोकिनु परेको हो।
मंगलबार मात्रै उडान हुने भएकोले बाँके प्रशासनको सक्रियतामा उनलाई भेरी अस्पतालमा भर्ना गरिएको हो।

हिमशिखर अनलाइन सँग कुराकानी गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।

यसअघि जुम्लामा अनशन बस्दा स्वास्थ्यमा समस्या आएपछि उनलाई बलपूर्वक अस्पताल पुर्‍याइएको थियो।

आज जुम्लामा डा. के सीले एक विज्ञप्ति जारी गर्दै दुई वर्ष अघि आफूले जुम्लामा अनशन बसेको बेला अस्पतालमा हिंसा र तोडफोड भएको स्मरण गर्दै यसपटक पनि त्यो अवस्था दोहोरिन सक्ने देखिएकाले काठमाडौं गएर अनशसन जारी राख्ने घोषणा गरेका थिए।

Next Post

जुम्लाकाे तिला नदी किनारमा भेटियाे अपरिचित व्यक्तिकाे लास

५ आश्विन २०७७, सोमबार २१:१२
जुम्ला: जुम्लाकाे तिला नदि किनारमा एक जना अपरिचित व्यक्तिकाे लास भेटिएको छ। चन्दननाथ नगरपालिका -१० बाेहरागाउँ जाने पुलकाे मुनितिर उक्त लास भेटिएकाे प्रहरीले जनाएकाे छ। लासकाे सनाखत हुन नसकेकाे र अनुसन्धान प्रक्रिया अगाडि बढिरहेकाे जिल्ला प्रहरी कार्यलय जुम्लाले जनाएकाे छ ।

सम्बन्धित समाचार

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।