विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा

हिमशिखर संवाददाता १ माघ २०७९, आईतवार १५:३०

पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको छ।

शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ। अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन्। शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ।

दिउँसो २ः१५ बजेसम्म एक बच्चासहित ३० जनाको शव अस्पताल ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा डा भरतबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार हालसम्म मृतकको शव पहिचान भइसकेको छैन।

Next Post

प्रधानमन्त्री प्रचण्ड पोखरा नजाने

१ माघ २०७९, आईतवार १५:३०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा नजाने भएका छन्। पोखरा भएकाे विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री प्रचण्ड आइतबार पोखरा जाने कार्यक्रम थियाे। तर प्रधानमन्त्री दुर्घटनास्थलमा जाँदा उद्दार प्रभावित हुन सक्ने भएकाले नजाने निर्णय गरिएको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने जानकारी दिए। उनका अनुसार आफूहरु त्यहाँ जाँदा झन् भिडभाड र असहज होला […]