नेपालमा कोभिड– १९ को डेल्टा प्रजातिको नयाँ उत्परिवर्तन पुष्टि

हिमशिखर संवाददाता १२ श्रावण २०७८, मंगलवार १९:२२

नेपालमा कोभिड– १९ को डेल्टा प्रजातिको नयाँ उत्परिवर्तन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै परीक्षणका लागि भारतमा पठाइएका ४७ वटै नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको जानकारी दिएका हुन् । तीममध्ये तीनवटामा थप उत्परिवर्तन रूप देखिएको छ ।

यो बढी संक्रामक हुने र सबै उमेर समूहका व्यक्तिमा असर देखिने भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड ख्याल गर्न आग्रह गरेको छ । कोभिड– १९ को तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

Next Post

जसपाले गर्याे लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही

१२ श्रावण २०७८, मंगलवार १९:२२
जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशका तीनजना प्रदेश सभा सदस्यलाई कारबाही गरेको छ। मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेश सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पार्टी र प्रदेश सभाबाट हटाउने गरी कारबाही गरेको इस्तियाक राईले बताए। उनीहरू पार्टी नीतिविपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका […]