जुम्लामा १० दिन निषेधाज्ञा थप गरिएकाे छ। यश अघि जारि निषेधाज्ञा आज राति १२ बजे सकिदैछ । आज दिउसाे बसेकाे जिल्ला काेभिड संकट व्यवस्थापन समितिकाे निर्णय अनुसार थप १० दिन (मिति २०७८।०२।१२ गते राती १२ बजे देखि मिति २०७८/०२/२१ राती १२) सम्म निषेधाज्ञा जारी गरिएकाे छ ।
प्रमुख जिल्ला अधिकारी द्वारा जारी निषेधाज्ञा सम्बन्धि सुचना अनुसार निषेधाज्ञाकाे सायमा जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाई औषधी, उपकरण र उपचारका सामाग्री उत्पादन, बिक्री बितरण तथा ढुवानी सेवा, खाद्यवस्तु होम डेलिभरी गर्ने सेवा, बैकिंङ, दुरसञ्चार, विद्युत सेवा, फोहोर मैला व्यवस्थापन सेवा, एम्बुलेन्स सेवा लगायतका अत्यावश्यक सेवाहरू नियमित रूपमा सञ्चालन गर्न पनईने छ भने खाद्यवस्तु, ईन्धन (ग्यास, पेट्रोल, डिजेल, मट्टितेल), खानेपानी, दुध फलफूल तरकारी लगायतका अत्यावश्यक व्यवसायहरू विहान ९ बजेसम्म मात्र सञ्चालन गर्न पाईने भएकाे छ ।