यार्चा संकलन गर्न गएकी एक युवतीको डाेल्पा पाटनमा मृत्यु 

के .बि अछुत १५ जेष्ठ २०८१, मंगलवार १०:३६

रूकुम पश्चिम —यार्चागुम्बु संकलनका लागि डोल्पा पुगेकी रुकुम पश्चिमकी एक युवतीको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका-४ गोतामकोट विष्ट गाउँकी २२ वर्षीया जमुना विष्टको लेक लागेर बिरामी भएपछि ज्यान गएको हो ।

सोमबार डोल्पाको काइके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेको बेला उनको मृत्यु भएको वडा अध्यक्ष नरसिंह विष्टले जानकारी दिए । यार्चागुम्बु टिप्न डोल्पाको नाउरे भन्ने स्थानमा पुगेको बेला लेक लागेर बिरामी भएपछि साथमा रहेकी कान्छी बहिनी सरस्वती विष्टसहित घर फर्कँदै गर्दा बाटोमै जमुनाको मृत्यु भएको अध्यक्ष विष्टको भनाइ छ ।

मृतक जमुनाको शव जिल्ला अस्पताल डोल्पामा ल्याएर पोस्टमार्टम गरिने र त्यसपछि गोतामकोट ल्याइने तयारी भइरहेको छ ।

 

Next Post

१७ औं गणतन्त्र दिवस २०८१ विविध कार्यक्रमको आयोजना गरी मनाइयो ।

१५ जेष्ठ २०८१, मंगलवार १०:३६
जुम्लाको कृष्ण मन्दीर अगाडी विविध कार्यक्रम आयोजना गरी १७ औं गणतन्त्र दिवस मनाइएको छ । नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशक देखि यो दिवस मनाइएको हो । गणतन्त्र दिवश मुल समारोह समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्याको प्रमुख आतिथ्यमा जुम्लाको कृष्ण मन्दीर अगाडी […]