फागुन -२० गते प्रधानमन्त्री कतार जादै

हिमशिखर सम्वाददाता काठमाण्डौ १० फाल्गुन २०७९, बुधबार ०८:०१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतारको राजधानी दोहाबाट आफ्नो पहिलो विदेश भ्रमण तय गरेका छन् ।

उनी फागुन २० गते दोहा जाने कार्यक्रम तय भएको उनका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जनाएका छन् ।

दोहामा हुने विकाससम्बन्धी सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने कार्यक्रम तय भएको गजुरेलले जानकारी दिए । सो सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखहरूको सहभागिता रहनेछ ।

गत पुस १० गते तेस्रो पटक मुलुकको प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्डको यो पहिलो विदेश भ्रमण हुनेछ । यसअघिसम्म प्रधानमन्त्रीमा नियुक्त भएपछि छिमेकी मुलुक भारतको भ्रमण गर्ने नेपाली राजनीतिमा परम्पराझैं भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड फागुन २२ गते स्वदेश फर्किने छन्

Next Post

बालबालिका समबन्धी ५ वर्षे लगानी योजना निर्माण गर्दै गुठिचौर गाँउपालिका

१० फाल्गुन २०७९, बुधबार ०८:०१
जुम्लाको गुठिचौर गाउँपालिकाले बालबालिका समबन्धी ५ वर्षे लगानी योजना निर्माण सम्बन्धी दुई दिने कार्यशाला गोष्ठि सम्पन गरेकोे छ । आगामी पाँच वर्षभित्र बालविवाह मुक्तगाउँपालिका घोषणा गर्नका लागि अपनाउनुपर्ने कार्ययोजनासहित रणनीतिक योजना तयार पारिएको गाउँपालिका अध्यक्ष तथा कार्यक्रम सभाअध्यक्ष दानबहादुर बुढाले बताए। गुठिचौर गाउँपालिका र वर्ल्ड भिजन ईन्टरनेशनलको सहयोग र किर्डाक […]

सम्बन्धित समाचार