आजबाट स्वस्थानी व्रत सुरु

हिमशिखर संवाददाता २२ पुष २०७९, शुक्रबार ११:४०

श्रीस्वस्थानी व्रतकथा आजबाट सुरु भएको छ।

पौष शुक्ल पूर्णिमादेखि सुरु हुने श्रीस्वस्थानी व्रतकथा माघ शुक्ल पूर्णिमासम्म रहन्छ।

भगवान् शिवको पूजा आराधना गरी बसिने स्वस्थानी व्रत एक महिनासम्म नित्य नुहाइधुवाइ गरी शिवको आराधना गरि गरिने धार्मिक प्रचलन छ।

यो व्रत बस्नाले व्रताकथामा वर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोग नष्ट हुने जनविश्वास छ। यही व्रतका प्रभावले शिव र पार्वतीको विवाह भएको धार्मिक विश्वास छ।

सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउँ भनि श्री स्वस्थानी व्रत बसेको र व्रतको प्रभावले पार्वतीले शिव पति पाएको धार्मिक विश्वास गरिन्छ।

श्री स्वस्थानी व्रत आरम्भ भएसँगै काठमाडौंको शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला पनि सुरु भएको छ।

Next Post

सभामुखकाे चिर्वाचन माघ ७ मा गर्ने प्रस्ताव

२२ पुष २०७९, शुक्रबार ११:४०
सर्वदलीय बैठकमा प्रतिनिधिसभाका सभामुख र उपसभामुखको निर्वाचनको मिति प्रस्ताव गरिएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको आह्वानमा शुक्रबार बसेको सर्वदलीय बैठकमा आउँदो ७ माघमा सभामुख र ९ माघमा उपसभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको हो। उक्त मितिप्रति दलहरु सकारात्मक देखिएका बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन्। संघीय संसदको अधिवेशन २५ […]