सभामुखकाे चिर्वाचन माघ ७ मा गर्ने प्रस्ताव

महेश चाैलागाँई २२ पुष २०७९, शुक्रबार १७:४५

सर्वदलीय बैठकमा प्रतिनिधिसभाका सभामुख र उपसभामुखको निर्वाचनको मिति प्रस्ताव गरिएको छ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको आह्वानमा शुक्रबार बसेको सर्वदलीय बैठकमा आउँदो ७ माघमा सभामुख र ९ माघमा उपसभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको हो। उक्त मितिप्रति दलहरु सकारात्मक देखिएका बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन्।

संघीय संसदको अधिवेशन २५ पुसबाट सुरु हुँदैछ। प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख वा उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ।

Next Post

एमाले–माओवादी गठबन्धन भत्काउन धुम्बाराहीमा काँग्रेसकाे रणनीतिक बैठक

२२ पुष २०७९, शुक्रबार १७:४५
नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्‍दैछ। संसदीय दलको बैठक र प्रधानमन्त्रीको विश्वासको मतका सन्दर्भमा छलफलका लागि बैठक बस्न लागेकाे नेताहरुले जानकारी दिएका छन्। बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाइएको छ। २३ गते कांग्रेस संसदीय दलको बैठक […]