जुम्लामा एक युवक मृत फेला

महेश चाैलागाँई २० पुष २०८०, शुक्रबार ०५:३१

जुम्लामा एक युवकको शव फेला परेको छ। तातोपानी गाउँपालिका–४ गिडिखोला गाउँका २० वर्षीय विशाल पाण्डेको शव बिहीबार दिउँसो फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दका अनुसार पाण्डेको शव बिहीबार दिउँसो करिब सवा ५ बजेको समयमा सोही वडामा पर्ने गिरिखोला खेतको नहरमा भेटिएको हो।

पारिवारिक स्रोतका अनुसार विशाल घरबाट जुम्ला बजार जान्छु भनी निस्किएका थिए। बुधबार दिउँसो हिँडेका विशाल बिहीबारसम्म पनि घर नफर्केपछि खोजतलास थालिएको थियो।

खोजी गर्ने क्रममा मृतक पाण्डेका ससुरा परेकराज आचार्यले उनको शव फेला पारेका थिए। प्रहरीका अनुसार उनको मृत्युको कारण भने खुलिसकेको छैन।

उनको शव पोष्टमाटमका लागि जुम्लाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Next Post

सर्लाहीको बरहथवामा झडप: गोली लागेर एककाे मृत्यु, प्रहरीसहित आधादर्जन घाइते

२० पुष २०८०, शुक्रबार ०५:३१
सर्लाहीको बरहथवा नगरपालिकामा प्रदर्शनका क्रममा झडप हुँदा एक जनाकाे मृत्यु भएकाे छ। प्राथमिक स्वास्थ्य केन्द्रलाई लिएर विवादपछि भएकाे झडपमा प्रहरीकाे गोली लागेर बरहथवा–६ का ३० जयशंकर साहको मृत्यु भएकाे हाे। स्वास्थ्य केन्द्रको विवादमा नगरपालिका कार्यालय घेराउ गर्न पुगेका असन्तुष्ट स्थानीयलाई प्रहरीले रोकेपछि झडप भएको प्रहरीले जनाएकाे छ। झडपका क्रममा प्रहरीले […]