कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति लागि १ सय ४९ सांसदकाे हस्ताक्षर सहिद विपक्षी गठबन्धन सितल निवासमा

हिमशिखर संवाददाता ७ जेष्ठ २०७८, शुक्रबार १६:२८

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको १४९ सासंदकाे हस्ताक्षर सहित विपक्षि गठबन्धन सितल निवास पुगेकाे छ ।

सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र नेकपा एमालेको माधव नेपाल समूहको संयुक्त बैठकले देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति गरेका हुन् । बैठकलगत्तै नेताहरू शीतलनिवास प्रस्थान गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर संविधानको धारा ७६ (५)बमोजिमको सरकार गठनको आह्वान गरेकी थिइन् । त्यो समयअगावै दलहरूले बहुमतको सरकारको दाबी गर्न लागेका हुन् ।

देउवालाई प्रधानमन्त्री बनाउन प्रतिनिधिसभाका एक सय ४९ जना सांसदले हस्ताक्षर गरेका छन् । जसमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १२ र माधव नेपाल समूहका २७ जना सांसदले हस्ताक्षर गरेका छन् ।

Next Post

जुम्लामा निषेधाज्ञा १० दिन थपियाे

७ जेष्ठ २०७८, शुक्रबार १६:२८
जुम्लामा १० दिन निषेधाज्ञा थप गरिएकाे छ। यश अघि जारि निषेधाज्ञा आज राति १२ बजे सकिदैछ । आज दिउसाे बसेकाे जिल्ला काेभिड संकट व्यवस्थापन समितिकाे निर्णय अनुसार थप १० दिन (मिति २०७८।०२।१२ गते राती १२ बजे देखि मिति २०७८/०२/२१ राती १२) सम्म निषेधाज्ञा जारी गरिएकाे छ । प्रमुख जिल्ला अधिकारी […]