जुम्लामा राप्रपाले मनायाे पृथ्वी जयन्ती

महेश चाैलागाँई २८ पुष २०७९, बिहीबार ११:०९

राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लामा पृथ्वी जयन्ती मनाएकाे छ।

राप्रपा जुम्लाले पृथ्वीनारायण शाह नेपाल एकिकरणका नायक भन्दै उनकाे ३०१औँ जन्म जयन्ती मनाएकाे हाे।

राष्ट्रलाई एक गर्ने राजा पृथ्वीनारायण शाह भएकाे हुँदा हरेक वर्ष राष्ट्रिय एकता दिवस मनाउन जरुरी रहेकाे राप्रपा चन्दननाथ नगरपालिकाका नगर अध्यक्ष अनुप थापाले बताए।

‘पृथ्वीनारायण शाह नभएकाे भए हाम्रो देश उहिले अरु कुनै देशकाे अधिनमा हुन्थ्यो,’ उनले भने, ‘वीर नेपालीकाे गाैरव गाथा त्यतिबेला देखि नै मनाउन थालिएकाे हाे।’

पछिल्लो राज्य व्यवस्थाले आफ्नाे देशकाे जग बिर्सिदा पार्टीले संर्घष गर्नु परेकाे राप्रपा जुम्लाका अध्यक्ष वेद बहादुर शाहीले बताए।

उनले भने,‘पृथ्वीनारायण शाहसँग हाम्राे इतिहास जाेडिन्छ। इतिहास बिर्सनु आफैलाई बिर्सनु हाे। राप्रपा इतिहास बिर्सन दिदैन।

Next Post

जुम्लाको गर्जाङ्कोटमा आगलागी, एक घर जलेर नष्ट

२८ पुष २०७९, बिहीबार ११:०९
जुम्लाको गुठिचौर गाउँपालिका ३ गर्जाङ्कोटमा अवस्थित एक घरमा आगलागी भएको छ। स्थानीयवासी गोपाल गिरीको घरमा आगलागी भएको हो। बेलुका ५ तिर आगलागी भएको झारज्वला प्रहरी चौकीका सहि जगत बहादुर ऐरले बताए। उनका अनुसार ३ तलाको घर पुरै जलेर नष्ट भएको छ। अनुमानित १५ लाख बराबरको क्षेती भएको प्रहरीले जनाएको छ। […]