दिनभर खोज्दा पनि भेटिएन त्रिशुलीमा खसेको बस

हिमशिखर संवाददाता २८ असार २०८१, शुक्रबार २०:०५

पूर्व–पश्चिम राजमार्ग अन्तरगत मध्य नेपालको चितवनमा पहिरोले बगाउँदा त्रिशुलीमा हराएका दुई बस र यात्रुको एकदिन लगाएर खोजी गरिएपनि केही भेटिन सकेको छैन।

शुक्रबार बिहान साढे ३ बजे भरतपुर महानगरपालिका–२९ सिमलतालमा दुई बस बगाउँदा बससँगै ५० भन्दा बढी यात्रु बेपत्ता भएका थिए। त्यसपछि बससँगै यात्रुको खोजीका लागि तालिमप्राप्त गोताखर परिचालन भएका थिए।

एकाबिहानैबाट गोताखोरले खोजीकार्य गरेको भए पनि साँझ ७ बजेसम्म बसमा लगाइने कपडाको पर्दाबाहेक अरु केही पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

आजलाई रात परेसँगै खोजीकार्य पनि रोकिएको छ। फेरि भोलि बहानबाट खोजी सुरु गरिने प्रहरीले बताएको छ।

आज शुक्रबार बिहान साढे ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस पहिरो झरेपछि त्रिशुलीमा बेपत्ता भएका थिए।

तीन यात्रु भने पौडी खेलेर निस्किए पनि बाँकीको अवस्था अज्ञात रहेको छ।

Next Post

जुम्लामा चाेरिका ठुलो मात्रामा गरगहना बरामद

२८ असार २०८१, शुक्रबार २०:०५
जुम्लाको प्रहरीले चोरी आरोपमा पक्राउ गरिएका व्यक्तिबाट अनुसन्धान गरेर ठुलो मात्रामा सुन, चाँदी, मुगा सहितका गरगहना बरामद  गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार प्रहरीको विशेष अभियान अन्तर्गत मुगुमा हात हतियार सहित चोरीको घटनामा संलग्न व्यक्तिबाट साढे ३ तोला सुन, ६१.४२ तोला चाँदी, ४० थान मुगा, विभिन्न चाँदीको सिक्का, […]