जुम्लामा चाेरिका ठुलो मात्रामा गरगहना बरामद

के .बि अछुत २८ असार २०८१, शुक्रबार २०:१४

जुम्लाको प्रहरीले चोरी आरोपमा पक्राउ गरिएका व्यक्तिबाट अनुसन्धान गरेर ठुलो मात्रामा सुन, चाँदी, मुगा सहितका गरगहना बरामद  गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार प्रहरीको विशेष अभियान अन्तर्गत मुगुमा हात हतियार सहित चोरीको घटनामा संलग्न व्यक्तिबाट साढे ३ तोला सुन, ६१.४२ तोला चाँदी, ४० थान मुगा, विभिन्न चाँदीको सिक्का, सहित विभिन्न गरगहना बरामद  गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक क्षदीलाल कामतीका अनुसार मुगुको घटनामा हात हतियार सहित पक्राउ गरि पठाइएका व्यक्तिबाट थप अनुसन्धान गर्दा सो सामग्री गुठिचौर गाउँपालिका ३ स्थित एक जना सो घटनामा संलग्न व्यक्तिको घरमा भेटिएर बरामत गरिएको हो।

फाईनल तस्बिर

फाईनल तस्बिर

उनका अनुसार मुगुको  चोरी मुद्दाका पक्राउ प्रतिवादी पातारासी २ तल्फि घर भई कालेखोली ग्यारेजमा काम गर्ने तुल कामी, गुठिचौर ३ बस्ने आक्रोस भण्डारी सहित ५ जनालाई पक्राउ गरि मुगु प्रहरीलाई जिम्मा लगाइएको छ । सोही समूहबाट हतियारहरू एसएल आर थान १, कटुवा पेस्तोल २ थान, एसएल आर म्यागेजिन २ थान, एस एल आरको राउन्डको गोली २५ थान, वाईनाकुलर १ थान,चाइनिज  सेट ३, आर्मी कम ब्याग पोसाक ५ जोर बरामत गरि सबुत प्रमाण सहित अन्तर जिल्ला अनुसन्धानमा जुम्ला प्रहरीले अनुसन्धानमा सहयोग पुर्‍याएको छ।

 

Next Post

राष्ट्रपतिले गरे ७६ (२) अनुसार सरकार गठनको आह्वान, ओली आजै देउवालाई लिएर शीतलनिवास जाँदै

२८ असार २०८१, शुक्रबार २०:१४
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । उनले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घन्टा समय दिएका हुन् । राष्ट्रपतिको आह्वानसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि आजै […]