अफगानिस्तानमा युद्ध सकिएकाे तालिवानकाे घाेषणा

हिमशिखर संवाददाता ३२ श्रावण २०७८, सोमबार १३:३३

तालिवानले काबुलस्थित राष्ट्रपति भवन कब्जामा लिएसँगै अफगानिस्तानमा युद्ध सकिएको घोषणा गरेको छ ।

राष्ट्रपति असरफ घानीले देश छोडेर भागेसँगै तालिवानले आफू विजयी भएको दाबी गरे ।

आफूले चाहेको कुरा प्राप्त गरेको र देशका जनता स्वतन्त्र भएको एक तालिवानले अलजजिरालाई जनाएका छन् ।

यता राष्ट्रपति घानीले सामाजिक सञ्जाल फेसबुकमार्फत अफगानिस्तानका नागरिकलाई सम्बोधन गर्दै देशमा रक्तपात रोक्नका लागि आफू देश छोड्न बाध्य भएको बताएका छन् ।

Next Post

अफगानिस्तानकाे बिमानस्थलमा अमेरिकी सेनाले गाेली चलायाे

३२ श्रावण २०७८, सोमबार १३:३३
अफगानिस्तान काे बिमानस्थलमा अमेरिकी सेनाले गाेली चलायाे अफगानिस्तानको काबुल विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ। अमेरिकी सेनाले हावामा गोली चलाएको हो। एक अधिकारीले रोयटर्सलाई दिएको जानकारीअनुसार अमेरिकी सेनाले भिड नियन्त्रण लिन विमानस्थलमा गोली चलाएको हो। सर्वसाधारण जहाज चढ्न भिडभाड भइरहेका बेला गोली चलाएको बताइएको छ। फायरिङ भीड तितरबितर गर्नमात्रै केन्द्रित […]

सम्बन्धित समाचार